बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले असार १६ गते बोर्डमा आवेदन दिएको थियो ।
बोर्डबाट अनुपति पाएपश्चात बैंकले ११ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर–२०८४’ निष्काशन तथा बिक्री खुला गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।
बैंकले १ हजार अंकित मूल्यका कूल ५० लाख इकाई निष्काशन गर्नेछ । जसमध्ये २० लाख इकाइ सर्वसाधारणका लागि र ३० लाख इकाई ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया