एभरेष्ट बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैकले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंकको दुई वटा ऋणपत्रलाई सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

बोर्डले साढे १० प्रतिशत व्याजदरमा ६ वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८५’ २० लाख कित्ता र ५.५ प्रतिशत व्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ २० लाख कित्ता गरेर कुल ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन २ गते स्वीकृति दिएको हो ।

‘एभरेष्ट बैंक डिबेञ्चर २०८५’ को २० लाख ऋणपत्र मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यात्तिगत तबरबाट विक्री हुनेछ । 

त्यसैगरी ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्रको कुल २० लाख ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यात्तिगत तबरबाट विक्री हुनेछ । दुबै ऋणपत्रको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।