बैकिङ्ग समाचार, काठमाडौं ।
आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २ लाख ७ हजार कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । अव यो शेयर मंगलवारदेखि कारोबारमा आउनेछ । नेप्सेले पहिलो कारोबारको लागि रू. १२२ दशमलव ८८ देखि ३६८ दशमलव ६४ ओपन रेञ्ज तोकेको छ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकतर्फको १ लाख ४० हजार कित्ता गरेर कुल २ लाख ७ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा बि.ओ.के. क्यापिटल मार्केट नक्साल, काठमाडौंबाट हुने नेप्सेमार्फत जानकारी दिएको छ ।
कम्पनीको शेयरलाई नेप्सेले एडीएलबी (ADLB) कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया