बैकिङ्ग समाचार, काठमाडौं ।
खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई मासिक किस्ता अर्थात् ईएमआइ भुक्तानी सुविधा उपलब्ध गरेको छ । खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि ५ प्रतिशत क्यासब्याक ५० रुपैयाँसम्म पाउने भएका छन् ।
यो अफर भाद्र ३१ सम्म लागु हुनेछ । यस सहकार्य खल्ती तथा लक्ष्मी लघुवित्तका ग्राहकहरूलाई किस्ता भुक्तानी गर्न सहज हुनुको साथै भुक्तानी गर्न कार्यालयसम्म जानको लागि समय निकाल्ने वा भुक्तानी गर्नै ढिलो हुने जस्ता समस्याहरु बाट छुटकारा दिने अपेक्षा लिईएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अधिकांश भुक्तानी सेवाहरू डिजिटल बनाउने क्रममा अघि बढ्दै गर्दा खल्ती र लक्ष्मी लागुवित्तका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभ लिन सक्ने कुरामा बिश्वस्त रहेको जानकारी दिए ।






About Us
प्रतिक्रिया