कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ०६ धापासी स्थित हरिहर मन्दिरलाई मिति २०७९ साल आषाढ ३० गते बिहीबार कुर्चीहरु हस्तान्तरण गरेको छ । उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न आउनुहुने भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो । 

बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइने छ  ।