निर्धन उत्थान लघुवित्तको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

निर्धन उत्थान लघुवित्तको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत पुस २५ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित २९ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीले गत पुस १२  गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको हो । 

कम्पनीका अनुसार २९ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।

पुस १२ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर डिम्याट खातामा नै प्राप्त गर्न शेयरधनीलाई कम्पनीले अनुरोध गरेको छ ।