एम अधिकारी प्रकरण: राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।

बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । यो राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले भनिन्, ‘राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गर्छु ।’

गभर्नरलाई तत्काल बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । अधिकारीले कानुन विपरित दलीय जिम्मेवारी लिएको भन्दै संगठनले गभर्नरलाई बर्खास्त गर्न माग गरेको हो ।

अध्यक्ष पन्चा सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र बैंक सञ्चालनको निम्ति बनेको नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ को उपदफा (क) मा भनिएको छ’ गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति “राजनैतिक दलको सदस्य वा पदाधिकारी” भएमा नियुक्त हुन अयोग्य हुने छ ।’ उनले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८, को उल्लेखित दफाको उल्लङ्घन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौँ ।’

‘राष्ट्र बैंकको गभर्नर नेपाल सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व हो । सरकारको वित्तीय नीतिलाई सफल बनाउने गरी मौद्रिक नीति निर्माण गर्ने र वित्तीय क्षेत्रको नेतृत्व गर्नुपर्ने नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर विगत देखि नै विभिन्न सेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टो करेन्सी लगायत प्रकरणमा विवादास्पद बनेका थिए,‘ विज्ञप्तिमा भनिएको छ, ‘उनले हालै मात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागको सदस्यको रूपमा जिम्मेवारी प्राप्त गरेको कुराले हामीलाई गम्भीर बनाएको छ ।‘ गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।