एक्सेल डेभलपमेण्ट बैंकको ८.५% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
एक्सेल डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज असार २७ गते, सोमवार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भोलि असार २८ गते देखि साउन ९ गतेसम्म बन्द गर्ने भएकाले सोमवार अर्थात आज असार २७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले साउन ९ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो ।

यसका साथै साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।