नेपालका बैंकहरुको स्थिती बलियो छ : अध्यक्ष कोइराला

नेपालका बैंकहरुको स्थिती बलियो छ : अध्यक्ष कोइराला


काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरु भित्रैबाट बलियो स्थितिमा रहेको बताएका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष कोइरालाले भित्रि रुपमा नेपालको बैंकिङ्ग क्षेत्रको स्थिती राम्रो भएको बताएका हुन् ।

उनले समस्याहरुलाई चिरेर अघि बढ्नु पर्ने स्थिति रहेको भन्दै नेपाल राष्ट्र बैंकको नियमभित्र रहेर बैंकहरुले काम गर्दै आएको पनि उल्लेख गरे । ‘दक्षिण एशियामै मजबुद बैंकिङ्ग बनाउन भुमिका खेल्ने राष्ट्र बैंकप्रति हामी आभारी हुनै पर्छ ।’ अध्यक्ष कोइरालाले भने, ‘प्रतिफलमा राम्रो नदेखिए पनि भित्रिरुपमा हामी निकै सबल छौं ।’