काठमाडौं – नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार आयोजित ३८औं वार्षिक साधारणसभाले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला अध्यक्षमा नियुक्त भएसँगै संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् । संघको कार्यसमितिका तीन जना सदस्यहरुमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरूमा प्रभु बैंक सीईओ अशोक शेरचन, सानिमा बैंक सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंक सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंक सीईओ सुन्दरप्रसाद कँडेल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष सुनिल केसी कार्यसमितिको पदेन सदस्यको रुपमा रहने छन् भने सल्लाहकारमा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक राणा रहेका छन् ।
प्रतिक्रिया