‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण आयोजना हुँदै

‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण आयोजना हुँदै


काठमाडौं – एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण आयोजना हुने भएको छ । कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाका अनुसार एक्स्पो आगामी शनिबार (डिसेम्बर १४) बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य बुटिक होटलमा हुन लागेको हो ।

शेर्पाले यसअघि गत सेप्टेम्बर २८ तारिखमा आयोजना गर्ने तयारी भएको दोस्रो संस्करणको एक्स्पो भारी वर्षाले गर्दा देशमा भएको क्षतिका कारणले रोकिएको र अब आगामी शनिबार हुने लागेको बताए । एक्स्पोलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवद्र्धन गर्नेछ भने इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटेल र डिजाइन पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेका छन् । शेर्पाका अनुसार यसअघि नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करण दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

नेपालको भौतिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवद्र्धन, पद–यात्रा, ट्रेकिङ, आरोहण र विभिन्न साहसिक पर्यटकीय गतिविधिहरूमा प्रयोग हुने स्वदेशी तथा विदेशी ब्रान्डका सामानहरूको प्रदर्शन, किनमेल र नेपालीहरूलाई साहसिक पर्यटन गतिविधिहरूमा प्रोत्साहित गर्ने उद्देश्यसहित गत वर्ष नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना गरिएको शेर्पाले बताए । यस पटक पनि सो उद्देश्यसहित दोस्रो संस्करण लिएर आएको उनले बताए ।

उनले भने, ‘यस पटकको एक्स्पोमा पनि एक सयभन्दा बढी ब्रान्डका ५० वटा स्टलहरु राखिने छन । पहिलो संस्करण राम्रो भएकोले पनि दोश्रो संस्करण आयोजना गर्न अझ हौसला मिलेको छ । साथै, दोस्रो संस्करणको एक्स्पो पनि सफलतापूर्वक सम्पन्न हुने विश्वास लिएका छौं ।’ उनका अनुसार पहिलो संस्करणमा ५० वटा प्रदर्शनहरू राखिएको थियो । सो कार्यक्रममा दुई हजार पाँच सय भन्दा बढी नेपाली व्यवसायी, ग्राहक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले एक्सपोको भ्रमण गरेको उनले जानकारी दिए ।

शेर्पाका अनुसार शनिबार हुने लागेको एक दिने एक्स्पोमा पिक प्रमोसन ट्रेडिङ, जाइन्ट बाइक्स् नेपाल, स्वीचव्याक नेपाल, द लस्ट रिसोर्ट, एपिक माउन्टेन बाइक, बि।एण्ड।बि। अस्पताल, द बाइक फर्म, फलयिङग वन्डरस प्यारागलाइडिंग स्कुल, हुम्टो, ग्रभिटी नेपाल, हिमालयन मेडिक्स, द नर्थ फेस, क्लाइम्बिङ, काठमाडौँ बाइक स्टेसन, हिरो मोटो कर्प नेपाल, लुक्ला आउटडोर, सत्य मिडिया कलेक्टिभ, शान्त नेपाली प्रडक्शन, डुलुवा आउटडोर्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, स्योसल टुर्स, ल्युमिन एण्ड नेपाल, यति वेयर्स, यार्सागुम्बा, नेपाल माउन्टेन एकेडेमी, पोखरा एन्डुरो, काठमाडौं स्पोर्ट्स क्लाइम्बिङ सेन्टर, नेपाल पर्वतारोहण संघ, हिमालयन एड्भेन्चर ल्याब, सिएफ मोटो, स्न्याक अन नेपाल, श्रेडर्स, ट्रेलमन्डु, एड्भेंजी, सप्लाई सप्पोर्ट, आशस हेल्थ केर, गेको गेयर, द पम्प, क्लकवर्क ट्रेल्स, हाइटेड नेपाल, ८८५० मिडिया लगायतको स्टलहरू राखिने छ ।

यस पटक पनि दुई हजार पाँच यस भन्दा बढीलाई भ्रमण गराउने योजना रहेको शेर्पाले बताए । उक्त एक्स्पोमा ५० देखि एक सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको स्टल राखिने छ । साथै एक्स्पोमा राखेका विभिन्न ब्रान्डले आफ्नो ब्रान्डलाई अन्वेषण गर्ने प्लेटफर्म पाउने उनले जानकारी दिए ।

एक्स्पोमा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरूबाट अनुभवका कथा, यात्राको बारेमा कार्यशाला र साहसिक पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने आयोजकका संस्थापक अजयनरसिंह राणाले बताए । उनले भने, ‘नेपाल एडभेन्चर एक्स्पो एक वार्षिक कार्यक्रम हो, जसले साहसिक, बाहिरी सौन्दर्य प्रेमी, यात्री र उद्योग व्यवसायीहरूलाई आकर्षित गर्ने छ । साथै साहसिक खेलहरू, यात्राका गन्तव्यहरू, क्याम्पिङ गियर, आउटडोर उपकरणहरू, चरम खेलहरू, एक्सट्रिम स्पोर्टस र वेलनेससँग सम्बन्धित नवीनतम र सबैभन्दा राम्रो उत्पादन, सेवा र अनुभवहरू प्रस्तुत गर्न यो एक विशेष कार्यक्रम हो ।’