बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रोग्रेशिभ फाइनान्सको बोनस शेयर सोमवार नेपल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य हुनेछ । कम्पनीले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया