काठमाडौं – सन् २०२४ को नोभेम्बर महिनामा एक लाख १४ हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत महिनाभरीमा एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका हुन्। याेसँगै नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ ।
पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए ।
यसअवधिमा अमेरिकाबाट १० हजार ९ सय ८१ जना, बेलायतबाट ६ हजार ६ सय ११ जना, चीनबाट ९ हजार ४ सय ५८ जना आएका छन् । त्यस्तै,अस्ट्रेलियाबाट ४ हजार ८ सय २९ जना आएका छन् ।
२०२४ जनवरीमा ७९ हजार १ सय जना, फेब्रुअरी ९७ हजार ४ सय २६ जना, मार्च १ लाख २८ हजार १ सय ६७ जना, अप्रिल १ लाख ११ हजार ३ सय ७६ जना , मे ९० हजार २ सय ११जना , जुन ७६ हजार ७ सय ३६ जना ,जुलाई ६४ हजार ५ सय ९९ जना , अगस्ट ७२ हजार ७ सय १९ जना , सेप्टेम्बर ९६ हजार ३ सय ५ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
प्रतिक्रिया