काठमाडौं – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित चौथो विश्व शान्ति पूजाका अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन योगदान पुगेको बताएका हुन् ।
ज्ञानबाट धन तिर जानलागेको समाजलाई बुद्ध मार्ग कै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने उनको भनाइ थियो । मन्त्री पाण्डेले नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एक पटक नेपाल आउनु पर्ने बताउँदै एकपटक आएकोले पटकपटक आउने वातावरण बनाउनु आवश्यक रहेको बताए ।
विश्व एक परिवार भएकाले विश्वभर एकता र मेलमिलाप हुनु पर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया