जनकपुर र अयोध्यालाई हवाई सेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे

जनकपुर र अयोध्यालाई हवाई सेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे


काठमाडौं – संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यमबाट समेत जोड्नु पर्ने बताएका छन् । 

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताएका हुन् ।

यसकालागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो । मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्त्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए ।

दुई दिन सम्म चल्ने सङ्गोष्ठीमा भगवान् रामका विविध पक्षमा चर्चा गरिनेछ । सङ्गोष्ठीमा सामेल हुन आएका विभिन्न देश प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधता पूर्ण संस्कृतिलाई विश्वमा पुर्‍याउनु सहयोग गर्न समेत आग्रह गरे ।