महिला लघुवित्तको सीईओमा कृष्ण प्रसाद न्यौपाने पुन: नियुक्त

महिला लघुवित्तको सीईओमा कृष्ण प्रसाद न्यौपाने पुन: नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
महिला लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन: कृष्ण प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।

जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई असार १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनमा उल्लेख छ ।

साथै कम्पनीले उनको कार्यावधि चार वर्ष हुने पनि जानकारी दिएको छ ।