काठमाडौं – नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवाली यहि असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा एमालेका स्थायी सदस्य तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ज्ञवालीलाई आगामी तिन वर्षको लागि निर्वाचित गरेको हो ।
त्यस्तै, स्थायी समिति सदस्य वरिष्ठ उपाध्यक्ष मा होमनाथ पोखरेल, उपाध्यक्षमा शिशिर ज्ञवाली र गुरुशरण शाह निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा सिर्जना खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
त्यस्तै, महासचिवमा कुमारमान डंगोल, उपमहासचिवमा अमृत ओखेडा, सचिवमा विनय पौडेल र कुशल रुपाखेती निर्वाचित भएका छन् भने महिलातर्फको सचिवमा सरस्वती फुयाँल निर्वाचित भएकी छन् ।
त्यस्तै कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने सह कोशाध्यक्षमा मंजु गौतम विजयी भएकी छन् । त्यस्तै सदस्यहरुमा सृष्टि दुलाल, रत्ना केसी, अर्जुन गौतम र प्रकाश अधिकारी विजयी भएका छन् ।
त्यस्तै, सदस्यहरुमा कृष्ण प्रसाद भुर्तेल, सागर न्यौपाने, सन्तोस खतिवडा, पुर्ण बहादुर कार्की, महिला सदस्य कुसुम राना (निर्बिरोध), आदिवासी जनजातिमा गोपाल कृष्ण लिगल, दिनेश कुमार शाह मधेसबाट र दलितबाट भवानी नेपाली तथा पिछडिएको क्षेत्र अपांगमा रोहित ओलि निर्वाचित भएका छन् ।
तीन चलेको अधिवेशनले लामो समयदेखि अड्किएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै मङ्सिर १ गतेको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो। युनियनमा करिब पांच सय कर्मचारी आबद्द छन् ।
प्रतिक्रिया