बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात जेठ १९ गते अन्तिम दिन हो । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली जेठ २० गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले जेठ २८ गते तेस्रो साधारण सभा डाकेको छ । सो सभा धनगढी उपमहानगरपालिका २, धनगढी, कैलालीमा बिहान ११ बजे शुरु हुनेछ ।
सो सभाले मर्जर तथा एक्विजिशन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, केन्द्रिय कार्यालय स्थानान्तरण, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
प्रतिक्रिया