प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको १ करोड २ लाख

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको १ करोड २ लाख


काठमाडौं – असोजको दोस्रो साताको भिषण वर्षाका कारण आएको बाढी र पहिरोमा परेका प्रभावितलाई नेपाल टेलिकमले राहत दिएको छ । टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी र पहिरो पीडितलाई राहत उपलब्ध गराएको हो ।

टेलिकमले कोषमा १ करोड दुई लाख ७० हजार २१४ रुपैयाँ जम्मा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही कात्तिक १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् ।