काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले द्वेद चरित्र देखाएको छ । सभापति रवि लामिछानेमाथि छानबिन भइरहेको सहकारी ठगि प्रकरणलाई लिएर रास्वपाले द्वेद चरित्र देखाएको हो ।
लामिछाने पक्राउ परेयता रास्वपाले निरन्तर सरकारविरुद्ध आन्दोलन गरिरहेको छ । लामिछानेमाथि यतिबेला पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरापेमा छानबिन भइरहेको छ । यहीकारण लामिछाने पोखरा प्रहरीको हिरासतमा छन् ।
अदालतको आदेशपछि अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई छुटाउने लक्ष्यसहित सुरुको एक साता रास्वपाले पोखरामा आन्दोलन गर्यो । तर, सुर्यदर्शन सहकारीमा आफ्नो रकम फसेका पोखरेली जनताले ठगिकै आरोपमा भइरहेको लामिछानेमाथिको छानबिनमा प्रतिरोध गरेनन् ।
फलस्वरुपः सर्वसाधारणको पूर्ण साथको अपेक्षा गरेको रास्वपाको आन्दोलन फितलो बन्यो र रास्वपाले आन्दोलनको रणनीति फेरेर काठमाडौंमा केन्द्रति गर्यो । त्यसयता पछिल्लो एक सातामा रास्वपाले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको छ । तर, यो आन्दोलनमा रास्वपाले द्वेद चरित्र देखाएको छ ।
रास्वपाको आन्दोलनको नेतृत्व गरिरहेका नेताहरुले द्वेद चरित्र देखाएका हुन् । आन्दोलनमा रहेका नेतामध्ये दुई जना रातभर बालुवाटार पुग्ने र दिनभर सडक आन्दोलनमा जाँदै द्वेद चरित्र देखाएका हुन् । रास्वपाका नेताहरु डीपी अर्याल र सन्तोष परियार सोमबार राती साढे ८ देखि ११ बजेसम्म बालुवाटारमा थिए ।
बैंकिङ्ग समाचारलाई प्राप्त सूचनाअनुसार यी दुई नेता रविलाई छुटाउनका लागि लविइङमा बालुवाटा पुगेका थिए । तर, उनीहरु दिनभर सरकारविरुद्ध चर्को नारा लगाउँदै आइरहेका छन् । जबकी, रातभर रविलाई छुटाउनका लागि भन्दै सरकारलाई हारगुहारका लागि वालुवाटार पुगेका हुन् ।
प्रतिक्रिया