काठमाडौं – नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर निलम ढुंगानाले बैंकिङ्ग डिस्कोर्स २०२४ को प्रतिवेदन बुझेकी छिन् । बैंकिङ्ग डिस्कोर्स २०२४ मा प्रमुख अतिथि समेत रहेकी ढुंगानाले प्रतिवेदन बुझेकी हुन् ।
ढुंगानालाई बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले डिस्कोर्सको प्रतिवेदन बुझाए । बैंकिङ्ग समाचारले देशको बैंकिङ्ग क्षेत्रलाई प्राथमिक्तामा राख्दै वर्षेनी डिस्कोर्स सञ्चालन गर्दै आइरहेको छ । डिस्कोर्समा बैंकिङ्ग क्षेत्रको वर्तमान अवस्था र भावि कार्यदिशाका बारेमा गहन छलफल हुन्छ ।
यस्तै, बैंकिङ्ग क्षेत्रले भावि दिनमा अंगाल्नुपर्ने नीति र कार्ययोजनाको बारेमा समेत डिस्कोर्समा छलफल हुन्छ । विभिन्न ५ सेसन रहेको दोस्रो राष्ट्रिय बैंकिङ्ग डिस्कोर्स २०२४ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट बैंकिङ्ग क्षेत्रका विज्ञ, जानकारहरुको बाक्लो उपस्थिती थियो । प्रतिवेदन बुझाउँदै दिगो र बलियो बैंकिङ्ग क्षेत्रको परिकल्पनासहित डिस्कोर्स सुरु गरेको ढुंगेलले बताए ।
प्रतिवेदन बुझेपछि बैंकिङ्ग समाचारले बैंकिङ्ग क्षेत्रको विकास र स्थायित्वका लागि देखाएको चासो र चिन्ता सकरात्मक भएको बताइन् । बैंकिङ्ग समाचारद्वारा आयोजित यस प्रकारको डिस्कोर्स देशको समग्र बैंकिङ्ग क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने ढुंगानाको भनाई छ ।
त्यसक्रममा उनले भावि दिनमा समेत बैंकिङ्ग समाचारद्वारा आयोजित बैंकिङ्ग डिस्कोर्सको निरन्तरताको अपेक्षा गरिन् । यसप्रकारको डिस्कोर्सले बैंकिङ्ग क्षेत्रलाई आगामी दिनको बाटो पहिल्याउन सहज हुने र बलियो बैंकिङ्गबारेको बहस राष्ट्रियस्तरको बन्ने उनको भनाई छ । यस्तै, भावि दिनमा सम्पत्ति सुद्धिकरण, वित्तीय अपराध, अवैध क्रिप्टोकरेन्सीबारे सचेतना फैलाउने लगायतका विषयमा समेत बैंकिङ्ग समाचारले सकरात्मक पहल लिनेमा आफू विश्वस्त रहेको बताइन् ।
प्रतिक्रिया