सकियो दसैं बिदा, बैंक तथा वित्तीय संस्थाले आजदेखि पूर्ण सेवा दिँदै

सकियो दसैं बिदा, बैंक तथा वित्तीय संस्थाले आजदेखि पूर्ण सेवा दिँदै


काठमाडौं – दसैंको बिदा सकिएसँगै आजदेखि बैंक तथा वित्तीय संस्थाले पूर्णरुपमा सेवा सुरु गरेका छन् । दसैंको ५ दिन बिदामध्ये टिकाको दिनबाहेक अन्य दिनमा बैंकिङ्ग सेवा दिएका थिए । दसैंमा आशिंकरुपमा सेवा दिएका संस्थाले आजदेखि पूर्णरुपमा सेवा सुचारु गर्ने भएका हुन् ।

अधिकांश बैंकहरुले दसैंका ५ दिनमध्ये ४ दिन आलोपालो सेवा दिएका थिए । टिकाको दिनमा भने सबैजसो बैंक तथा वित्तीय संस्थाको सेवा पूर्णरुपमा रोकिएको थियो । हिजोदेखि दसैंको सार्वजनिक बिदा सकिएपछि आजदेखि पूर्णरुपमा सेवा दिन थालेका हुन् ।

आजैदेखि सबैजसो सरकारी कार्यालयहरुले समेत सेवा प्रवाह सुरु गर्दैछन् ।