एक अमेरिकी डलरको भाउ झण्डै १३५ रुपैयाँ, अन्य विनिमयदर कति छ ?

एक अमेरिकी डलरको भाउ झण्डै १३५ रुपैयाँ, अन्य विनिमयदर कति छ ?


काठमाडौं – आज एक अमेरिकी डलरको विनिमयदर १३४.८० रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको बिक्री मूल्य १३४.८० रुपैयाँ तोकेको हो । यसअनुसार आज सर्वसाधारणले अमेरिकी डलर साट्न जाँदा १३४.८० तिरेपछि एक डलर पाउँछन् ।

यस्तै, एक अमेरिकी डलरको खरिद दर १३४.२० रुपैयाँ तोकिएको छ । यसअनुसार, सर्वसाधाणले अमेरिकी डलर बेच्दा १३४.२० रुपैयाँ पाउँछन् । यस्तै यूरोको बिक्री मूल्य १४७.१४ रुपैयाँ र खरिद मूल्य १४६.४९ रुपैयाँ कायम छ ।

यता बेलायती पाउन्ड स्र्टलिङको बिक्री मूल्य १७५.८७ रुपैयाँ र खरिद मूल्य १७५.०८ रुपैयाँ कायम हुँदा स्वीस फ्र्यांकको बिक्रीदर १५६.३४ रुपैयाँ र खरिददर १५५.६५ रुपैयाँ कायम छ ।

अष्ट्रेलियन डलरको बिक्रीदर ९०.५२ र खरिददर ९०.१२ रुपैयाँ छ भने क्यानडेनियन डलरको बिक्रीदर ९७.७१ रुपैयाँ र खरिददर ९७.२८ रुपैयाँ छ ।