केके मार्टमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

केके मार्टमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक


काठमाण्डौं – चाडपर्वको समयलाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंक, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र केके मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन गरेको छ । यस योजना अन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्टआइपीएसका प्रयोगकर्ताहरुले केके मार्टका सबै आउटलेटहरुमा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो अफर यही असोज १८ देखि ३० गतेसम्म उपलब्ध हुनेछ । उक्त अफरमा ग्राहकहरुले अफर अवधिभरि अधिकतम प्रति खाताबाट ३ पटकसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । केके मार्टमा डाइनामिक क्यूआरकोमा उपलब्ध रहेको नेपालपे क्यूआमा ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्टआइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।

चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो मध्येको एक रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ । हाल नेपालपे क्यूआर मोबाइल बैंकिङ्ग एप, वालेट तथा कनेक्टआइपीएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरमा ६ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।