जलविद्युत् तथा वित्तीय संस्थाहरुद्वारा बाढी पीडितलाई साढे ३ कराेड सहयाेग

जलविद्युत् तथा वित्तीय संस्थाहरुद्वारा बाढी पीडितलाई साढे ३ कराेड सहयाेग


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले आज सहयोग रकम हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट १ करोड रुपैयाँ , अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट १ करोड रुपैयाँ , प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट १ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाख रुपैयाँको चेक हस्तान्तरण भएको छ ।

यसैगरी प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख रुपैयाँ , प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख रुपैयाँ र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सबैमा धन्यवाद दिए ।