नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा रायमाझी निर्वाचित

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा रायमाझी निर्वाचित


काठमाडौं – नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । सोमबार सम्पन्न संघको वार्षिक साधारणसभाबाट एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रायमाझी अध्यक्षमा निर्वाचित बनको हुन् ।

सोमबार सम्पन्न वार्षिक साधारण सभामार्फत संघको ७ सदस्यीय नयाँ कार्यसमि गठन भएको छ । संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गका मनिष नारायण जोशी र महासचिवमा गरिमा क्यापिटलका निर्मल भट्टराई निर्वाचित बनेका छन् ।

यस्तै कोषाध्यक्षमा एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिभान्तराज पाण्डे निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्की, नेपाल एसबीआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा निर्वाचित बनेका छन् । संघमा २६ सदस्यीय क्यापिटल छन् ।