डोमेस्टिक डिजिटल क्रेडिट कार्ड के हो ? कसरी गर्छ काम ?

डोमेस्टिक डिजिटल क्रेडिट कार्ड के हो ? कसरी गर्छ काम ?


काठमाडौं – गत वैशाख २ गते फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल सुरुवात गर्यो । नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा सुरुवात गरेको हो । डिजिटल क्रेडिट कार्डको सुरुवातसँगै अब पर्स वा वालेटमा क्रेडिट कार्ड राखेर हिड्नुपर्ने बाध्यता हटेको छ ।

डोमेस्टिक डिजिटल क्रेडिट कार्ड के होे ?

डोमेस्टिक डिजिटल क्रेडिट कार्ड देशभित्र मात्रै चालु हुने इन्टरनेटमार्फत सञ्चालन हुने कार्ड सम्झिनुपर्छ । डिजिटल खरिदहरू, बिल भुक्तानीहरू र इन्टरनेटमार्फत सञ्चालन गरिएका अन्य वित्तीय लेनदेनहरू लागि डिजिटल क्रेडिट कार्डको प्रयोग गरिन्छ । यस्ता कार्डहरूले अन्य क्रेडिट कार्डले जस्तै काम गर्छ । डिजिटले मुख्य क्रेडिट कार्डहरूका फाइदा अनलाइनबाट नै बिल भुक्तानी तथा कारोबारको लागि पहुँच हो ।

डिजिटल कार्ड प्रयोगकर्ताहरूले भौतिक कार्डहरू बिना खरिद र भुक्तानीहरू गर्न सक्नेछन् । डोमेस्टिक डिजिटल क्रेडिट कार्ड देश भित्र मात्रै प्रयोग गर्ने हुँदा स्थानीय बैंक वा वित्तीय संस्थाहरूसँग यसको कारोबार जोडिएको हुन्छ । यस्ता कार्डले अन्तर्राष्ट्रिय क्रेडिट कार्डहरूले भन्दा फरक शैलीले काम गर्छन् । डोमेस्टिक डिजिटल क्रेडिट कार्ड जारी भएको देशको सिमाभित्र मात्रै प्रयोग हुन्छन् ।

‘डोमेस्टिक डिजिटल क्रेडिट कार्ड’ले कसरी गर्छ काम ?

जो कोहि व्यक्तिले पनि आफु सदस्य भएको बैंकमार्फत अनलाइन वा व्यक्तिगत रूपमा डोमेस्टिक डिजिटल क्रेडिट कार्डको लागि आवेदन दिन सकिन्छ । हालका लागि सिटिजन्स बैंकका ग्राहकले मात्रै डोमेस्टिक क्रेडिट कार्ड प्रयोग गर्न पाउँछन् । बैंकले क्रेडिट स्कोर, आय र अवस्थित ऋण जस्ता कारकहरूको आधारमा क्रेडिट योग्यताको मूल्याङ्कन गर्ने गर्छन् । यसपछि, कार्ड लिने प्रक्रिया बैंकबाट स्वीकृत भएमा कार्ड नम्बर, म्याद सकिने मिति र सुरक्षा कोडसहित आफ्नो डिजिटल क्रेडिट कार्ड विवरणहरू अनलाइनबाटै प्राप्त गर्न सकिन्छ ।

डोमेस्टिक डिजिटल क्रेडिट कार्ड अनलाईन भुक्तानीका लागि प्रयोग गर्ने गरिन्छ । कार्ड हराएमा वा चोरी भएमा अस्थायी रूपमा ब्लक गर्ने क्षमता डिजिटल क्रेडिट कार्डमा हुन्छ । डिजिटल क्रेडिट कार्डमा कुनैपनि किसिमका समस्याहरु देखा परेमा बैंकको मोबाइल एपबाटै व्यवस्थापन गर्न सकिने सुविधा रहेको हुन्छ ।

के भन्छन् कम्पनी ?

यो डिजिटल क्रेडिट कार्ड अन्य क्रेडिट कार्ड भन्दा केही फरक हुन्छ । अन्य क्रेडिट कार्ड प्रयोगका लागि एटीएम मेसिनसम्म पुग्नुपर्ने हुन्छ भने डिजिटल क्रेडिट कार्ड प्रयोग गर्न एटिएम मेसिनसम्म पुग्नु पर्दैन । सामान्य क्रेडिट कार्डलाई वालेटमा बोकेर हिड्नुपर्ने हुन्छ । बैंकहरुबाट सामान्य क्रेडिट कार्ड र डिजिटल क्रेडिट कार्डहरु जारी गर्ने प्रक्रिया पनि फरक हुन्छ । सामान्य क्रेडिट कार्ड प्राप्त गर्न बैंकमा आवेदन दिनुपर्ने र स्वीकृतिको लागि पर्खनुपर्ने किसिमका झन्झटिला प्रक्रिया हुन्छ भने डिजिटल क्रेडिट कार्ड अनलाइनबाटै लिन सकिन्छ ।

नेपालमा पहिलोपटल डिजिटल क्रेडिट कार्डको शुभारम्भ गरेको सिटिजन्स इन्टरनेशनल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र लाल श्रेष्ठका अनुसार डिजिटल क्रेडिट कार्ड र सामान्य कार्डमा फरक भनेको अनलाइबाटै गर्न क्रेडिट कार्ड प्रयोग गर्न सकिने हो । साथै, फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको हो । फोनपेका सीईओ दिवस कुमारले डोमेस्टिक क्रेडिट कार्डले ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने बताए ।