भारी वर्षापछि बाढीको वितन्डा – देशभरको सडक सञ्जाल टुट्यो, करोडौंको क्षती

भारी वर्षापछि बाढीको वितन्डा – देशभरको सडक सञ्जाल टुट्यो, करोडौंको क्षती


काठमाडौं – लगातार दुई दिनदेखि परिरहेको वर्षाका कारण देशभर बाढी र पहिरोले वितन्डा मच्चाएको छ । बिहीबार रातीदेखि सुरु भएको वर्षाका कारणले देशभर करोडौंको धनजन र धनमालमा क्षती पुर्याएको हो ।

निरन्तर परेको पानीका कारण देशभरको सडकमार्गमा क्षती पुगेको छ । काठमाडौं जोड्ने सबैजसो नाकाको सडकमार्गमा पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड भासिएको छ भने पृथ्वी राजमार्गमा समेत ठूलो क्षती भएको सरकारले जनाएको छ ।

चीन जोड्ने तातोपानी सडक खण्डको पुल नै बगाउँदा चीनसँगको सम्बन्ध नै विच्छेद भएको छ भने सिन्धुली र रामेछाप जोड्ने पक्की पुल समेत बगाएको बताइएको छ । यस्तै अविरल वर्षाका कारणले देशभरका सडक राजमार्गमा दुई दर्जनभन्दा बढी स्थानमा क्षती पुगेर सकड अवरुद्ध बनेको बताइएको छ ।

यसबोहक काठमाडौं उपत्यकामा मात्रै बाढीमा परेर २० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यस्तै काभ्रे, कोसी प्रदेश लगायतका स्थानमा समेत बाढी र पहिरोका कारण मानिसहरुको ज्यान गुमाएको बताइएको छ ।

३१ वर्षयता पहिलोपटक वर्षाका कारण कुलेखानी जलाशय भरिएको छ । जलाशय भरिएपछि विद्युत प्राधिकरणले ३१ वर्षपछि जलाशयको ढोका खोल्दा मकवानपुर सिस्नेरीमा आएको बाढी र पहिरोका कारणले फुटबल मैदान नै बगेको छ । जसकारण ६ जना खेलाडी बेपत्ता भएका छन ।

यी सबै घटनापछि राज्यको करोडौं सम्पत्ती नोक्सान भएको छ । सबैभन्दा ठूलो क्षती सडकमार्गमा पुर्याएको छ ।