काठमाडौं – नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य बढेर कारोबारमा आएको हो ।
आज तोलामा ३०० रुपैयाँले बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दु हो । यसअघि बुधबारको मूल्य नै सबैभन्दा उच्च थियो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । बुधबारको मूल्यमा नै आज विहीबार चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १९ सय ५५ रुपैयाँ छ ।
प्रतिक्रिया