प्रधानमन्त्री ओलीले न्युयोर्क पुगेर भेटे मोदी, प्राथमिक्तामा ऊर्जा र सूचना प्रविधि

प्रधानमन्त्री ओलीले न्युयोर्क पुगेर भेटे मोदी, प्राथमिक्तामा ऊर्जा र सूचना प्रविधि

दुईपक्षीय भेटघाटमा व्यस्त ओली, को–को भेटे ?


काठमाडौं – विश्वासको मत लिएको ३ महिनापछि प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय समकक्षीसँग भेट गरेका छन् । नेपाली पक्षको निरन्तर पहलकाबाजुत भेटघाट जुरेको थिएन् । संयुक्त राष्ट्र संघको महासभामा सहभागीका लागि पुगेका ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले साउन ७ गते विश्वासको मत लिएका थिए । त्यसयता नेपाली नेतृत्वको उच्चस्तरीय टोली भारत जाने योजना बनाइरहेको थियो । तर, भारतीय प्रधानमन्त्रीको समय नमिल्दा भ्रमण जुरेको थिएन ।

यसैबीच ७९औं महासभामा सहमागीताका लागि अमेरिका पुगेका ओलीले न्युयोर्कमा नै मोदीसँग भेटेका हुन् । भेटकाक्रममा नेपाल र भारतबीच सहकार्यका विभिन्न विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले भने भेटकाक्रममा भएका छलफलका विषयमा बताएको छैन ।

मोदीले आफ्नो एक्स एकाउन्टमार्फत नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा भएको छलफलको विषय खुलाएका छन् । उनले ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधि र व्यापारसँग सम्बन्धीत विषयमा दुईपक्षीय छलफल भएको जानकारी दिएका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले न्युयोर्कमा कुवेतका राजकुमार एंव प्रधानमन्त्री सबाह र भुटानका प्रधानमन्त्रीसँग समेत भेटवार्ता गरेका छन् ।