जीवन विकास लघुवित्तको मान्छे बस्ने एटीएम !

जीवन विकास लघुवित्तको मान्छे बस्ने एटीएम !

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनोज रेग्मी ।  
सुन्दै अचम्म लाग्ने, एटीएममा पनि मान्छे बस्छन र ! एटीएम त आँफै चल्ने ‘इलेक्ट्रोनिक मेसिन’ पो हो त । सामान्य हिसावमा बुझ्दा एटीएम भनेको ‘अटोमेटेड टेलर मेसिन’ अर्थात्  खातामा भएको पैसा तत्कालै झिक्न सकिने ‘इलेक्ट्रोनिक मेसिन’ हो । एटीएमबाट आवश्यकता परेको खण्डमा एटीएम कार्डको प्रयोग गरी तुरुन्ताका तुरुन्तै पैसा झिक्न सकिन्छ ।  

रेमिट्यान्स पनि चल्ने, बचत पनि गर्न सकिने 

अझ अहिले त एटीएमबाटे पैसा डिपोजिट गर्न सकिने प्रविधि पनि सुरु भएको छ । यस्तो प्रविधि नेपालका हरेक बैंक तथा वित्तिय संस्थाहरुले सुरु गरिरहेका छन । तर जीवन विकास लघुवित्त वित्तिय संस्थाले भने इलेक्ट्रोनिक नभई मानिस आँफै बसेर सेवा दिने २ हजार २ सय भन्दा बढि एटीएम चलाइरहेको छ । जीवन विकास लघुवित्तले यस्तो एटीएम कसरी चलाइरहेको छ त ?
\"\"

बिराटनगर, सुन्दर हरैचा नगरपालिका वडा नम्बर १ पचाम, जीवन विकास लघुवित्त, बेलवारी शाखा अन्तर्गतकी सदस्य सुनिता खवास एक एटीएम सदस्य हुन । ५ हजार ४०० सदस्य आवद्ध उक्त शाखामा यस्ता ६७ जना अधिकृत टेलर सदस्यहरु छन । थुप्रै सदस्यहरुमध्यकी उनी पनि एक हुन । उनले प्रविधिको उपयोग गर्दै आफ्ना सदस्यहरुलाई घरमै एटीएमको सेवा प्रदान गरिरहेकी छन् । उनमा कनेक्ट आईपीएसमार्फत कारोबार गर्नमा राम्रो दखल पनि छ । यस्तो कारोबार गर्न उनले अरुलाई पनि सिकाउँछिन । उनको एउटा किराना पसल पनि छ । उनका श्रीमान शिक्षण पेशामा आवद्ध छन । उनी दिनभर पसलमा बस्छिन र एटीएम पनि चलाउँछिन । आफ्ना सदस्यहरुलाई रकमको आवश्यकता पर्दा उनले तुरुन्तै कारोबार गरिहाल्छीन । जीवन विकास लघुवित्त वाहेक अन्य बैंक तथा वित्तीय संस्थामा खाता भएका व्यक्तिहरुलाई पनि उनले एटिएम सेवा प्रदान गर्छिन । सदस्यहरुलाई यस्तो सेवा प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्छिन । उनी भन्छिन ‘यस एटीएमबाट पैसा निकाल्ने मात्रै काम हुँदैन ।
\"\"

बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल लगायतका थुप्रै बिलहरु भुक्तानी गर्न मिल्छ । यस्तो सेवा लिएर थुप्रै सदस्यहरु हर्षित छन ।’ यस एटीएममा रेमिट्यान्सको पनि काम हुन्छ । सेवा प्रदान गर्न सुरु गरेसँगै आफ्नो समूहका सदस्यहरुलाई सहज तरिकाले आर्थिक कारोबार गराउन पाउँदा गाउँघरमा भैपरी आउने काममा अत्यन्तै सहज भएको उनको अनुभव छ । ग्रामीण भेगमा वित्तिय ज्ञानको कमी छ । त्यहाँ इन्टरनेट बैंकिङ्ग, मोवाईल बैंकिङ्ग त कुरै छाडौं सामान्य बैंकिङ्ग कारोबार गर्न पनि गाह्रो छ । यसको सहज प्रयोगको लागि वित्तिय ज्ञान आवश्यक पर्छ । एटीएम भनेकै के हो भन्ने थाहाँ नभएको ठाउँमा यस्तो सवल सेवा दिनु आफँैमा ठुलो कुरा भएको बेलवारी शाखाका शाखा प्रवन्धक राजकुमार मण्डल बताउँछन । उनी भन्छन,‘वित्तिय ज्ञान प्रवाहका लागि हामीले प्रतेक घर–घरमा गएर कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । हामीले उनीहरुलाई लघुवित्तका नयाँ–नयाँ योजनाहरु, पैसाको महत्वको विषयमा ज्ञान दिने गरेका छौँ ।’ यस्तो नयाँ खाले एटीएम चलाउँदा गाउँघरमा सहजै बैंकिङ्ग सेवा पुगेको र सदस्यहरुमा प्रविधिको प्रयोग गर्ने क्षमतामा समेत बृद्धि भएको मण्डलको बुझाई छ ।
\"\"

विगतका आफ्ना अफ्ठयारा अनुभव सुनाउँदै उनले भने, ‘पहिला यहाँ पैसाको कारोबार अत्यन्तै जटिल थियो । समुहमा पैसा उठाउँदा र किस्ता तिर्दा घण्टौ लाग्थ्यो । फेरि लामो समय झोलामा पैसा बोक्दै हिँड्दा जोखिम पनि हुन्थ्यो । तर यो एटीएम भैसकेपछि जुन दिन किस्ता तिर्दा पनि भयो । जुन दिन पैसा बचत गरेको हो त्यही दिनदेखि ब्याज पनि पाइने भयो । पैसाको सुरक्षा पनि हुने भयो । लाइनमा पनि बस्नै परेन ।’

लघुवित्तले कारोबार सिमा पनि तोकेको छ । एकपटकमा एउटा सदस्यले एक दिनमा ५० हजारसम्म रकम जम्मा गर्न पाउँछन भने ३० हजारसम्म रकम झिक्न पाउँछन । अझ जीवन विकास लघुवित्तको खाताबाट पैसा अन्य कुनै बैंक खातामा जम्मा गर्नुपरे पनि सजिलै जम्मा गर्न सक्दछन । अधिकृत टेलर सदस्यले यो सेवा प्रदान गरे वापत मासिक रुपमा कुल कारोबारको ०.५ प्रतिशत ‘इन्सेन्टिभ’ पनि पाउँछन । सदस्य खवासले एक महिनामा ७ हजारसम्म ‘इन्सेन्टीभ’ पाएको रेकर्ड छ । केन्द्रीय कार्यालयबाट सुनिता खवासको दैलोमै पुगेका डिजिटल प्रमुख विजय कुमार मण्डलले लकडाउनको अवस्थालाई ध्यानमा राख्दै यस्तो एटीएम सञ्चालनमा ल्याएको सुनाए ।
\"\"

उनले भने, ‘जीवन विकास लघुवित्तको आफ्नै एप्लिकेशन छ । सोही एप्लिकेशन मार्फत कारोबार गर्न अत्यन्तै सजिलो हुन्छ ।’ अझ सबैभन्दा बढि बिजुलीको बिल भुक्तानीमा सहज पुगेको मण्डल बताउँछन । उनी भन्छन, ‘३० रुपैँया बिजुलीको बिल भुक्तानी गर्न जाँदा बस भाडा र खाजा खर्च मै २०० रुपैँया भन्दा बढि खर्च हुन्छ । तर यस एटीएम प्रयोग गरी डिजिटल माध्यमबाट बिल भुक्तानी गर्दा अनावश्यक खर्च जोगिन्छ ।’ यस्तै जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालयकमा लघुवित्त विभाग अन्तर्गत उद्यम तथा ग्राहक सुरक्षा मामिलामा कार्यरत मनोज शर्माले जीवन विकास लघुवित्तले जनतालाई सहज हुने यस्ता थुप्रै कार्यहरु गरेको बताए । विराटनगर आसपासमा रातीको समयमा कतिपय बैंक तथा वित्तीय क्षेत्रको एटिएम बुथ बन्द हुने गरेपनि अधिकृत टेलरबाट भने २४ सै घण्टा सेवा प्रवाह हुने उनले जानकारी दिए ।