जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको अर्थसास्त्र विभागको भुमिका महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल

जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको अर्थसास्त्र विभागको भुमिका महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालयको अर्थसास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएका छन । नेपालको सबैभन्दा जेठो र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालयको सो बिभागले जनशक्ती उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका हुन ।

‘मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएका विविध विषयमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तित्वहरू, नीति निर्माताहरू र सरोकारवालाहरू बीच गहन छलफल गरी सार्थक निष्कर्ष निकाल्ने उद्देश्यले आयोजना हुने यस किसिमका सम्मेलनहरू उपयोगी हुन सक्दछन्,’ अर्थसास्त्रसङ्ग सम्बन्धित एउटा कार्यक्रममा बोल्दै उनले भने, ‘त्यसअर्थमा, म यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ।’

यस सम्मेलनको मूल विषय “पर्यावरणीय सङ्कट र जलवायु परिवर्तनका बीच विकास” नेपालका लागि मात्र नभई, समग्र विश्वका लागि महत्वपूर्ण र सान्दर्भिक छ । नेपालका लागि यो केवल प्राज्ञिक छलफलको विषय मात्र नभएकाले यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा उच्च प्राथमिकताको विषय भएको उनले बताए ।

‘आजको दिनमा संसारले विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण, र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन जस्ता समस्याहरू केवल पर्यावरणीय चुनौतीहरू मात्र होइनन ।’