घट्यो विदेशी लगानीकर्ताले लैजाने लाभांश, २ महिनामा ७९ करोड बाहिरियो

घट्यो विदेशी लगानीकर्ताले लैजाने लाभांश, २ महिनामा ७९ करोड बाहिरियो


विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांश घटेको छ । गत आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा नेपालबाट लैजाने लाभांश खुम्चेको हो ।

चालू आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा विदेशी लगानीकर्ताले लाभांश, सेवा शुल्क र रोयल्टी गरी ७९ करोड २२ लाख रुपैयाँ लगेका छन् । यो गत वर्षको यही अवधिको तुलनामा न्यून हो ।

गत आर्थिक वर्षको २ महिनामा नेपालबाट विदेशी लगानीकर्ताले ८५ करोड ६८ लाख रुपैयाँ लगेका थिए । यो चालू वर्षको तुलनामा ६ करोड ४६ लाख रुपैयाँ कम हो । जबकि, गत वर्ष लगानीकर्ताले नेपालबाट सेवा शुल्क लगेका थिएनन् ।

नेपालका आर्थिक गतिविधि शिथिल बन्दा सबैजसो बहुराष्ट्रिय कम्पनीको आम्दानी समेत प्रभावित बन्यो । जसकारण नाफा प्रभावित बनेर विदेश लैजाने लाभांश घटेको हुन सक्ने आँकलन गरिएको छ ।