काठमाडौं – राष्ट्रिय सहकारीका अध्यक्ष ओम देवी मल्लले नेपालका सहकारीले कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेको बताएकी छिन् । सिमिटसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मल्लले सहकारीले कृषिलाई महत्वका साथ अघि बढाएको बताएकी हुन् ।
उनका अनुसार नेपालमा सहकारीले १८ वटा क्षेत्रमा काम गरिरहेका छन् । जसमध्ये एउटा कृषि क्षेत्र हो । सहकारीबाट उत्पादीत चिया र दुधको बजारीकरणमा समस्या भए पनि अन्य उत्पादनहरुको अन्तराष्ट्रिय व्यापार सफल बनेको मल्लको भनाई छ ।
‘वार्षिक ५ मेट्रिक टनभन्दा बढी कफी विदेश निर्यात हुने गरेको र ३ अर्बभन्दा बढी जडीबुटीको वार्षिक कारोबार हुने गरेको छ,’ मल्लले भनिन्, ‘सहकारीमार्फत संचालित लघु, साना तथा घरेलु उद्योग ५०० भन्दा बढी उद्योगहरु सफल बनेका छन् ।’
प्रतिक्रिया