निक्षेप संकलनमा सामान्य गिरावट आउँदा अन्य सूचक कस्ता ?

निक्षेप संकलनमा सामान्य गिरावट आउँदा अन्य सूचक कस्ता ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा केही गिरावट आएको जनाएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ १५ गते शनिबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ६७ अर्ब बराबरको निक्षेप संकलन भएको छ। भदौ १४ गते शुक्रबार भने ६४ खर्ब ६९ अर्ब निक्षेप संकलन भएको थियो । यस तथ्यांकलाई हेर्दा एक दिनमा २ अर्बले निक्षेप संकलन बढेको देखिन्छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा भने केही सुधार आएको छ । सो समयमा वाणिज्य बैंकबाट हुने निक्षेप संकलन २ अर्बले बढेको छ । भदौ १४ गते ५७ खर्ब ४० अर्ब निक्षेप संकलन गरेका बैंकहरुले १५ गते ५७ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेका हुन् ।

त्यस्तै, त्यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कर्जा प्रवाह स्थिर रहेको छ । बैंक तथा वित्तीय संस्थाले गत १५ गतेसम्म ५१ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९२ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर २.९८ प्रतिशत कायम भएको देखाउँछ ।