काठमाडौं – टाटा डटईभीद्वारा प्रायोजित नाडा अटो शो २०२४ सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको अटो शो ६ दिन सञ्चालन भएर सम्पन्न भएको हो ।
१६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७० दर्शकहरुले अवलोकन गरेका छन् । शोमा अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत वर्षहरुमा भन्दा निकै भव्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको बताइएको छ । यो अटो शो बिगतमा भन्दा निकै भव्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ ।
यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ । त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सीजी मोेटर्सले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल ब्रैैद्य इनर्जिले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड एमएडब्लुुले जितेको छ । यसैगरी वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनलले जितेको छ ।
प्रतिक्रिया