प्रधानमन्त्री ओलीले गरे ६ महिना अघि सञ्चालनमा आएको ‘हाइड्रोजन रिफ्यूलिङ सेन्टर’को उद्घाटन

प्रधानमन्त्री ओलीले गरे ६ महिना अघि सञ्चालनमा आएको ‘हाइड्रोजन रिफ्यूलिङ सेन्टर’को उद्घाटन


धुलिखेल – प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् ।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए । आज ओलीले शुभारम्भ गरेका रिफ्यूलिङ प्रणाली यसअघि नै सुरु भइसकेको थियो ।

उद्घाटनमा मोह राख्ने ओलीले यसलाई फेरी उद्घाटन गरेका हुन् । जबकी काठमाडौं युनिभर्सिटीले २०८० चैतमा नै अर्थात ६ महिना अघि नै सञ्चालनमा ल्याएको थियो ।