काठमाडौं – नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारि वस्तुमा आधारित उद्योग व्यवसाय विकास र बिस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी भईरहेको छ । अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्ष अघिबाट प्रारम्भ भइसकेको छ ।
विदेशि लगानिका दुई वटा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत एघार वटा भेन्चर क्यापिटल अहिले कार्यरत छन्। नेपालमा नयाँ प्रयोग भएको तथा देखासिकि र रहरमा खुलेका कम्पनिले उद्देश्यअनुसार काम गर्न सकेका छैनन् ।
राम्रो सम्भावना भएर पनि पुँजिको अभावमा धेरै उद्योग व्यवसाय राम्ररि चल्न सकेका छैनन्। सम्भावना भएका नयाँ उद्योग व्यवसायमा जोखिम बढि हुने डरले बैंकहरु लगानि गर्न चाहदैनन् । यस्ता उद्योग व्यवसायमा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलले लगानी गर्छन्।
नेपालमा सम्भावनाको आधारमा उद्योग व्यवसाय नखुल्ने र खुलेकामा पनि पारदर्शि लेखा प्रणालि र व्यवस्थापन नहुने हुँदा हामी कहाँ खुलेका भेन्चर क्यापिटलहरुले लगानी गर्न सकेका छैनन् ।
यहि यथार्थता बुझेर नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कृषि क्षेत्रका उद्योग व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको छ।
नेक्सजेन म्यानेजमेन्टले पुर्ब बैकंर, नियमक निकायका पुर्ब प्रमुख, कृषि विज्ञ र कृषि उद्यमीहरूसँगको निरन्तर छलफल र सम्भाब्यता अध्ययन पछि एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारि प्रारम्भ गरेको हो । विभिन्न चरणको छलफल पछि प्रस्तावित कम्पनिको नाम नेपाल एग्रो भेन्चर क्यापिटल लि राख्ने निर्णय भयो। कम्पनिको तत्काल चुक्ता पुँजी ५० करोड र संचालनको एक बर्ष भित्र १०० करोड बनाईने भएको छ ।
कम्पनीमा संस्थापकहरुको लागि ८५ प्रतिशत र सर्वसाधरण लागि १५ प्रतिशत शेयर छुट्याईने छ । संस्थापक शेयर मध्ये ४५ प्रतिशत बैंक बिमा र सुचिकृत संस्थाको लागि हुनेछ भने ४० प्रतिशत व्यक्ती र प्राईभेट कम्पनिको लागि छुट्याईने छ ।
प्रतिक्रिया