काठमाडौं – नेपालका लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आज आफ्ना ३ वटा मोडल सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नाडा अटो शोमार्फत कम्पनीले केई ब्राण्डका ३ वटा मोडल सार्वजनिक गरेको हो ।
सार्वजनिक गरेसँगै आजैदेखि बुकिङ खुला गरेको कम्पनीले जानकारी दिएको छ । यी तीन मोडल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक एसयूभी X3 Pro EV छन् । e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जस्मा २०० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ ।
३०० किलोमिटर भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । E-Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । त्यसैगरी e-Qute 04 ३०० कि.मी रेन्ज को मूल्य २४ लाख ९६ हजार छ । E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ ।
यसको अधिकतम टर्क ११० एनएम छ । त्यसै गरी तेस्रो मोडल X3 Pro EV इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।
प्रतिक्रिया