नाडा अटो शो – टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक

नाडा अटो शो – टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक


काठमाडौं – टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘१६औं नाडा अटो सो २०२४’ मा पन्च इभीको विक्री वितरण आरम्भ गरेको हो ।

टाटा पन्च इभी शुरुवाति मूल्य ३३ लाख ९९ हजार कायम छ । बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् ।

यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौ ।’ उनले लामो समयदेखि नेपाली बिद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभी संगै नेपाली बजारमा फेरी यहि स्थान कायम गर्नेमा आफू विस्वस्त रहेको बताए ।

नेपालभरी टाटा ईभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५० भन्दाबढी एसी फास्ट चार्जिङ्ग र १५० भन्दा बढी एसी स्लो चार्जिङ्ग नेटवर्क छ । यसैगरि १६ ईभि डेडिकेटेड सेवा सञ्जाल र २२ बटा बिक्री केन्द्र छन् ।