नडा अटो शो – सीजी मोटर्सले सार्वजनिक गर्यो ४ नयाँ ब्राण्ड

नडा अटो शो – सीजी मोटर्सले सार्वजनिक गर्यो ४ नयाँ ब्राण्ड


कठमाडौं – नाडा अटो शो २०८१ लाई लक्षित गरि सीजी मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सी।जी। मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो ।

नाडा अटो शो शुभारम्भ भएसँगै नेपालको अर्थ मन्त्री विष्णु पौडेल द्वारा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । सीजी मोटर्सले नाडा अटो शोमा अवतार, एक्सपेङ, रिद्धारा र हिरो गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो । यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ ।

यसपालीको नाडा अटो शो मा नेटा, एक्सपेङ, अवतार, रिद्धारा, सीजी केवाईसी, किङ्लङ्ग र हिरो गरी सीजी मोटर्सका ८ वटा स्टल छन् । सीजी मोटर्सले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ । अवतारको अवतार ११ मोडल नाडा अटो शोमा सार्वजनिक भएको हो ।

अवतार विश्वप्रसिद्ध सवारी उत्पादक कम्पनी चाङ्गनले उत्पादन गरेको हो । टेक्नोलोजीमा अग्रणी कम्पनी हुवाये र ब्याट्री उत्पादक कम्पनी सीएटलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो । अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एसयूभी भएको कम्पनीले जनाएको छ ।

यो गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्छ । अवतार ११ मा १९० किलोवाट क्षमताको मोटर जडित छ ।