आजदेखि नाडा अटो शो २०२४ सुरु, अर्थतन्त्र चलायमान बन्ने अपेक्षा

आजदेखि नाडा अटो शो २०२४ सुरु, अर्थतन्त्र चलायमान बन्ने अपेक्षा


काठमाडौं – आजदेखि नाडा अटो शो २०२४ सुरु भएको छ । आउँदो दसैंलाई मध्यनजर गर्दै नाडा अटोमोबाइल्स एसोसिएशनले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा अटो शो सुरु गरेको हो ।

देशको अर्थतन्त्रको मूख्य हिस्सा ओगटेको सवारी क्षेत्रको यो सबैभन्दा ठूलो महोत्सव हो । यसमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे तथा सवारी क्षेत्रका अन्य स्टेकहोल्डर्सले आफ्ना स्टल राख्छन् ।

धेरैजसो कम्पनीले यही शोमार्फत नयाँ सवारी सार्वजनिक गर्नेगर्छन् । दसैं र तिहारलाई अटो बजारको मूख्य सिजन मानिन्छ । यही चाडपर्वलाई मध्यनजर गरेर नाडाले शो सुरु गरेको हो ।

प्रत्येक वर्षको भदौ महिनामा शो आयोजना हुँदै आइरहेको छ । कोरोना कालमा केही वर्ष नाडा अटो शो रोकिएपनि त्यसअघि र त्यसपछि निरन्तर चल्दै आइरहेको छ ।

यो शोले देशको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिइएको छ । देशको आर्थिक क्षेत्रको मूख्य पाटोकारुपमा रहेको सवारी क्षेत्रले सबैभन्दा धेरै राजश्व संकलनमा योगदान दिँदै आइरहेको छ ।

अघिल्ला वर्षहरुमा सवारीको आयात घट्दा र सर्वसाधारण विद्युतीय सवारीतर्फ केन्द्रीत बन्दा राज्यकोषमा राजश्व संकलनको लक्ष्य नै पुरा हुन सकेन । यसपटकको शोले राजश्व संकलनको पक्षलाई समेत सम्बोधन गर्ने अपेक्षा लिइएको छ ।