बैंकिङ्ग कसुर संशोधन विधेयकमाथि छलफल गर्दै अर्थ समिति

बैंकिङ्ग कसुर संशोधन विधेयकमाथि छलफल गर्दै अर्थ समिति


काठमाडौं – संसदीय समितिअन्तर्गतको अर्थ समितिले आज बैंकिङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक,, २०८० माथि छलफल गर्ने भएको छ । विधेयकको दोस्रो संशोधनमा राखिएका व्यवस्थामाथि छलफल गर्ने लक्ष्यसहित समितिले आज बैठक राखेको हो ।

यो छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समेत जानेछन् । दिउँसो ४ बजे बस्ने बैठकमा अर्थमन्त्री पौडेल सहभागी बनेर संसदीय समितिमा उठेका प्रश्न तथा जिज्ञासा सम्बोधन गर्ने भएका हुन् ।