पोखरा र भैरहवामा उडान भर्ने विदेशी वायुसेवा कम्पनीलाई हवाइ इन्धनमा छुट

पोखरा र भैरहवामा उडान भर्ने विदेशी वायुसेवा कम्पनीलाई हवाइ इन्धनमा छुट


काठमाडौं – भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने जहाजले हवाइ इन्धनमा छुट पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यी नयाँ विमानस्थलमा उडान गर्न चाहने विदेशी वायुसेवा कम्पनीलाई प्रति किलोमिटर एक सय अमेरिकी डलर छुटमा हवाई इन्धन उपलब्ध गराउने घोषणा गरेको हो ।

सरकारको यो घोषणाअनुसार विमान कम्पनीहरुले अहिलेको मूल्यअनुसार प्रति किलोमिटरमा १०० अमेरिकी डलर मात्र ताेकिएकाे छ । हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य प्रतिलिटर १९३ रूपैयाँ पर्छ । सरकारको सुविधाअनुसार नयाँ अन्तर्राष्ट्रिय बिमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीलाई प्रतिलिटर १८० रूपैयाँ हाराहारी पर्नेछ ।