काठमाडौं – नेपाल राष्ट्र बैंकले वार्षिक मुद्रास्फीति ५.४४ प्रतिशत रहेको जानकारी दिएको छ । गत आर्थिक वर्षको वार्षिक तथ्यांक प्रकाशन गर्दै राष्ट्र बैंकले साढे ५ प्रतिशतले महँगी बढेको जानकारी दिएको हो ।
राष्ट्र बैंकले २०८१ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको जनाएको छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । यस्तै अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहमा मरमसलाको मूल्यवृद्धि २६.४० प्रतिशतले बढेको छ ।
यस्तै दाल तथा गेडागुडीको मूल्यवृद्धि ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ९.८७ प्रतिशत मूल्य वृद्धि भएको थियो । खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीको ८.२९ प्रतिशत मूल्यवृद्धि भएको छ । यस्तै घ्यू तथा तेलको मूल्यवृद्धि १०.९९ प्रतिशतले भएको छ ।
यता मनोरञ्ज तथा संस्कृतीको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी क्षेत्रको मूल्यवृद्धि ४.७५ प्रतिशत छ । यसैगरी कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत मूल्य बढेको बताइएको छ ।
तथ्यांकअनुसार गत वर्षको असार मसान्तको तुलनामा मूल्यवृद्धि घटेको छ । २०८० असार मसान्तमा ७.४४ प्रतिशतको मूल्यवृद्धि २०८१ असार मसान्तमा ५.५७ प्रतिशतमा आइपुगेको हो ।
प्रतिक्रिया