काठमाडौं – सरकारले एकैसाथ ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ । विहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिवहरुको सुरुवा गरेको हो । यसअघि सरकारले एकैपटक धेरै सचिवहरुको सुरुवा गरेको थियो ।
यसबाट नयाँ सरकार गठनसँगै केपीशर्मा ओली नेतृत्वको सरकारले कर्मचारीको हेरफेर गरिरहेको देखिन्छ । आफुअनुकुल सचिव सुरुवा गरेपछि सोहीअनुसार अनुकुलताका आधारमा एकैपटक ४८ जना सहसचिव सरुवा गरिएको हो ।
यससँगै महत्वपूर्ण विभागहरुको नेतृत्व समेत हेरफेर हुनेछ । आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागजस्ता शक्तिशाली निकायको नेतृत्व समेत फेरबदल भएको छ । मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, गृहमन्त्रालय र परराष्ट्रसहित सबैजसो मन्त्रालयका सहसचिवलाई फेरबदल गरेको हो ।
सरकारले अर्थमन्त्रालयमा ८ जना सहसचिव सरुवा गरेको छ । यस्तै परराष्ट्रमा ४ जना सहसचिव फेरेको छ । यसबाहेक अन्य निकायमा समेत सहसचिव फेरबदल भएको हो ।
प्रतिक्रिया