घट्यो नेपाल टेलिकमको नाफा, प्रति शेयर आम्दानी ३६.७७ रुपैयाँ

घट्यो नेपाल टेलिकमको नाफा, प्रति शेयर आम्दानी ३६.७७ रुपैयाँ


काठमाडौं – नेपाल टेलिकमको आम्दानी २ अर्ब ८० करोड रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ म कम्पनीको आम्दानीमा ठूलो गिरावट आएको हो ।

गत आर्थिक वर्षमा कम्पनीले ४१ अर्ब ६१ करोड ७१ लख रुपैयाँ कूल आम्दानी गरेको छ । जबकी, अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा ६.३२ प्रतिशतले बढी हो ।

यस्तै सो अवधिमा कम्पनीको सञ्चाल आयमा समेत ठूलो गिरावट आएको छ । यस अवधिमा कम्पनीले ३४ अर्ब ४६ करोड सञ्चालन आय गरेको थियो । जबकी, अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३६ अर्ब २७ करोड सञ्चालन आय गरेको थियो ।

सञ्चालन आय र कूल आय घटेसँगै कम्पनीको नाफामा समेत गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १ अर्ब ३० करोड २३ लाख रुपैयाँले घटेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

जुन, गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ६१ करोडमा सिमित छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.४४ प्रतिशतको गिरावट हो । यस्तै यस अवधिमा कर अघिको नाफा ११ अर्ब ३७ करोड ९८ लाख रुपैयाँ थियो ।

सबैजसो तथ्यांक घटेपछि कम्पनीको प्रतिशेयर आम्दानी ३६.७७ रुपैयाँमा आइपुगेको छ । कम्पनीले ओटीटीको बढ्दो प्रयोग, दुर्गम क्षेत्रमा सञ्चार सेवा विकास गर्नका लागि गर्ने लगानी लगायत कारणले नाफा घटेको जानकारी दिएको छ ।