काठमाडौं – हिमालय एयरलाइन्सले कुवेतमा पुनः उडान सुरु गर्ने भएको छ । कम्पनीले आउँदो भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनः सुरु गर्न लागेको हो ।
यसअघि एयरलाइन्सले २०२२ को जुलाईमा कुवेत उडान बन्द गरेको थियो । कम्पनीले तत्कालिन समयमा प्राविधिक समस्या उडान रोक्नुको मूख्य कारण भएको जानकारी दिएको थियो ।
तर, २ वर्षभन्दा बढी समयपछि कुवेत उडान सुरु गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कुवेतमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरेर कम्पनीले उडान पुनः सुरु गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौं–कुवेत–काठमाडौं उडानबाट कुवेतका नेपालीलाई सहज हुनका साथै पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने कम्पनीको भनाई छ ।
प्रतिक्रिया