पूर्वअर्थमन्त्री डा. महत भन्छन् – शेयर बजार बढ्न हुन्न भनेको छैन

पूर्वअर्थमन्त्री डा. महत भन्छन् – शेयर बजार बढ्न हुन्न भनेको छैन


काठमाडौं – पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महतले आफूले शेयर बजार बढ्न नहुने नभनेको बताएका छन् । पछिल्लो समय डा. महतमाथि लगानीकर्ता खनिएका छन् । खासगरी डा. महतले प्रतिनिधिसभाको बैठकमा नेपालको शेयर बजारबारे प्रतिक्रिया दिएपछि लगानीकर्ता उनीमाथि खनिएका हुन् ।

डा. महतले चौतर्फी विरोध भएपछि आफूले शेयर बजार बढ्न नहुने भनेर नभनेको स्पष्टिकरण दिएका छन् । आज भएको प्रतिनिधिसभा अन्तगर्तको अर्थ समितिको बैठकमा बोल्दै डा. महतले बजार बढ्न नहुने नभनेको बताएका हुन् ।

उनका अनुसार आफूले बजारमा हुने भित्रि कारोबार (इन्साइडर ट्रेडिङ)को विषयमा मात्रै बोलेको बताए । समितिमा बोल्दै डा. महतले नियामको सहभागितामा नै शेयर बजारको भित्रि कारोबार हुने गरेको दाबी समेत गरे ।