धितोपत्र बोर्डले हिमालयन रिलाई दियो मर्चेन्ट बैंकको लाइसेन्स

धितोपत्र बोर्डले हिमालयन रिलाई दियो मर्चेन्ट बैंकको लाइसेन्स


काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले मर्चेन्ट बैंकको लाइसेन्स पाएको छ । आज कम्पनीको सहायक कम्पनी हिमालयन सेक्यूरिटिज मर्चेन्ट बैंकले मर्चेन्ट बैंकको लाइसेन्स पाएको हो ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डको कार्यालयले मर्चेन्ट बैंकको अनुमति दिएको हो । बोर्डका अध्यक्ष महेश बरालले हिमालयन रिलाई मर्चेन्ट बैंकको लाइसेन्स दिएका हुन् । उनी बोर्डको तदर्थ अध्यक्ष हुन् भने अर्थमन्त्रालयको सह–सचिवको भूमिकामा समेत छन् ।

हिमालयन रि व्यवसायी दिपक भट्टको मूख्य लगानीमा स्थापित पर्नबीमा कम्पनी हो । यो समूह हिमालयन स्टक एक्सचेञ्जको समेत लाईसेन्स लिने दौडमा छ ।